दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महामञ्जुश्री कप बास्केटबलमा तीन टोली च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते, आईतवार १०:१८

काठमाडौं, जेठ १७– विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको तीन फरकफरक विधामा च्याम्पियन भएका छन् ।
महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा नागर्जुन नगरपालिका वडा–५ मा सम्पन्न प्रतियोगितामा विल्सन सिनियर ब्वाइजमा, चाँदबाग गल्र्समा र ग्रिनफिल्ड जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन् । सीतापाइलास्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनल विल्सन एकेडेमीले टिआईएलाई १७–१४ स्कोरले हरायो । गल्र्सको फाइनलमा चाँदबागले त्रिज्योतिलाई १०–८ स्कोरले हराउँदै उपाधि उचाल्यो । जुनियर ब्वाइजमा ग्रिनफिल्डले फाइनलमा इडन ब्रिजलाई १०–८ ले हराउन सफल भयो । यस प्रतियोगितामा सिनियर ब्वाइजमा ग्रिनफिल्डका रिधाम नगरकोटी, जुनियर ब्वाइजमा विल्सनका अनुप मगर र गल्र्समा चाँदबागकी अमलिका खड्का मस्ट भ्यालुएबल प्लेअर भए ।
प्रतियोगितामा प्लेयर प्ले अवार्ड सिनियर ब्वाइजमा माइलस्टोन, जुनियर ब्वाइजमा मनास्लु स्कुल र गल्र्समा आर्या एकेडेमीले प्राप्त गरेका महामन्जुश्रीकी प्रशिक्षक शैलेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार राइजिङ टिमअन्तर्गत सिनियर ब्वाइन क्यानभास, जुनियर ब्वाइज शिसु निकुञ्ज र गल्र्समा नवीनज्योतिले सफलता पाए । प्रतियोगिताका विजेतालाई नागर्जुन नगरपालिका वडा–५ का अध्यक्ष महेश रिमाल, महामञ्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनी र भाइस प्रिन्सिपल हेमलता चाम्लिङलगायतले पुरस्कृत गरेका थिए । महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा लिगकम नकआउट आधारमा दुई दिनसम्म भएको प्रतियोगिता गत बिहीबारदेखि सुरु भएको थियो ।
प्रतियोगितामा तीन विधामा विभिन्न ४१ विद्यालयका ६३ टोलीले प्रतिस्पर्धा गरेको महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले जानकारी गराए । सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गल्र्समा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रिन्सिपल मरासिनीले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न र प्रतिभावन खेलाडीको पहिचान गर्न यस किसिमको प्रतियोगिता निरन्तर रूपमा आयोजना गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु