दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“मोही प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेकोमा नेपाल डेरी एसोसिएसन सम्मानित “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते, आईतवार १९:४६

हेटौंडामा सम्पन्न विश्व दुध दिवसको मुल समारोहमा नेपाल डेरी एसोसिएसनलाई मन्त्री रामनाथ अधिकारीके सम्मान गरेका छन् । अध्यक्ष प्रल्हाद दाहाल लगायतका पदाधिकारी तथा सदस्यहरुले सम्मान ग्रहण गरेको छन् ।

एसोसिएसनको पहलमा करिव दुई वर्षयता मोही प्रवर्धनका कार्यक्रम सञ्चालन भइरहेका छन् । एसोसिएसनले हरेक शनिवार काठमाडौँस्थित दरवारमार्गमा रैथाने मेलामा मोही मथेर निशुल्क सेवन गराउँदै आइरहेको छ ।

एसोसिएसनले चलाएको अभियानका कारण ३ दर्जन जति डेरी उद्योगले प्याकेजिङ गरेर मोही ब्राण्डिङ नै शुरु गरिसकेका छन् भने सार्वजनिक सभासभारोहमा पनि मोहीको प्रचलन अत्यधिक बढेको छ ।

“दुग्ध पदार्थको खपत बढाउन मोही अभियान चलाएका हौँ, यसबाट निकै नै राम्रो प्रभाव त परेको छ नै आज एसोसिएसन विश्व दुध दिवसको अवसरमा यसै कारणले सम्मानित हुँदा निकै खुसी लागेको छ,” एसोसिएसनका अध्यक्ष दाहालले भने, “अभियानमा साथ दिने सबैमा धन्यवाद, हामी अभियान जारी नै राख्नेछौँ ।”

एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले पनि खुशी ब्यक्त गर्दै मेहनतको फल मिलेको बताउँदै राम्रो काम गर्दा शुरु शुरुमा कठिन भए पनि बिस्तार सबैले त्यसमा साथ दिने रहेछन् भन्ने कुरा यो सम्मानले पुष्टि गरेको कुरा बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु