दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्व दूध दिवसको अवसरमा खुसी डेरी उद्योगले बालगृहका बालबालिकालाई गरायो दूध सेवन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते, आईतवार २१:२१

काठमाडौं, जेठ १९ — विश्व दूध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकालाई दूध सेवन गराएको छ। उद्योगले तारकेश्वर नगरपालिका–३ स्थित डाँगाउँमा सञ्चालनमा रहेको मातृ नेपाल बालगृहमा आश्रित करिब ५० जना बालबालिकालाई दूध वितरण गरेको हो।

उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा खुसी डेरी उद्योगका सञ्चालक ध्रुव तिवारी, नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मनोज घिमिरे, अप्टिमिस्टिक क्लब अफ डेरी इन्टरप्रेनर्सका सचिव सरोज ओझा, न्यूजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, व्यवसायी तथा समाजसेवी हरिशरण फुँयाल लगायतको सहभागिता रहेको थियो।

बालगृहमा उपस्थित व्यक्तित्वहरूले बालबालिकालाई दूध वितरण गरी उनीहरूसँग समय बिताएका थिए।

कार्यक्रमका अवसरमा खुसी डेरी उद्योगका सञ्चालक ध्रुव तिवारीले बालबालिकालाई दूध खुवाउँदै समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस्तो पुण्य कार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। “दूध पोषिलो आहार हो, यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ,” उनले भने ।

त्यसैगरी नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मनोज घिमिरेले डेरी उद्योगले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै दूधको महत्वबारे जानकारी गराए। उनले दूध सन्तुलित आहारको एक महत्त्वपूर्ण हिस्सा भएको र नियमित सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु