दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एचजेबीएल : टाइम्स र रोएल विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते, बुधबार ६:०९

२० जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोएलले जित हात पारेका छन् ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गरेको हो ।
यस जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ ।
एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि १५ अंक नै छ । गोल्डेनगेट र हाउण्ड्सले अझै दुई खेल खेल्न बाँकी छ ।
टाइम्सले सामुखशीमाथि चारै क्वाटरमा दबाब बनाउँदै अग्रता लिएको थियो । टाइम्सले पहिलो क्वाटर २०-१५ र दोस्रो क्वाटर २८-२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८-३९ को अग्रता बनाएको थियो ।
तेस्रो क्वाटर पनि टाइम्सले २३-२१ ले आफ्नो पक्षमा पार्‍यो । चौथो क्वाटर २५-१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित हात पारेको हो ।
टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ अंक स्कोर गरे । सामाखुशीका प्रज्वल महर्जनले २१ अंक जोडे ।
टाइम्सका मनिष केसी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । टाइम्सले अब लिगको अन्तिम खेल हाउण्ड्ससँग खेल्न बाँकी छ ।
यस्तै दोस्रो खेलमा रोएलले कीर्तिपुरलाई ९९-९६ ले पराजित गर्‍यो । पहिलो क्वाटरमा कीर्तिपुरले २६-२५ को अग्रता बनायो । तर रोएलले दोस्रो क्वाटरमा पुनरागमन गर्‍यो र २८-२१ ले आफ्नो पक्षमा पार्दै हाफटाइममा ५३-४७ को अग्रता बनायो । तेस्रो क्वाटर रोएलले २०-१७ ले आफ्नो पक्षमा पार्‍यो । यस्तै चौथो क्वाटर पनि रोएलले २६-२२ ले आफ्नो पक्षमा बनायो ।
रोएलका सुजन महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोएलका लागि प्रसाङ ध्वज मास्केले ३१ अंक बनाए । यस्तै कीर्तिपुरका लागि निश्चल महर्जनले ३३ अंक जोडे ।
तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोएल कीर्तिपुरला२ नै पछि पार्दै चौथो स्थानमा उक्लेको छ ।
लिगमा बुधबार शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु