
नुवाकोट । व्यवसायिक रुपमा स्ट्राबेरी खेती अंगाल्दै आएका ककनी – २ का किसान पुरस्कृत भएका छन् ।
नमुन्चेत एग्रो प्राली (ककनी स्ट्राबेरी)ले बुधबार एक कार्यक्रमको आयोजना गरी सफलतापूर्णक स्ट्राबेरी व्यवसाय गर्ने किसानलाई प्रोत्साहन गर्दै व्यवसायका आधारमा उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो ।

सम्मानित हुनेहरुमा गणेश तामाङ सुजन तामाङ, बिनुका तामाङ सिताराम तामाङलाई नेपाल थोपा सिंचाई-एनटीएस,तरङ्ग एग्रोट्रेडको सहकार्यमा प्रमाणपत्र,कृषि सामाग्री र नगद पुरस्कारसहित सम्मान गरेको हो।

नमुन्चेत एग्रो प्रालीका प्रमुख छेसाङ तामाङका अनुसार किसानलाई स्ट्राबेरी उत्पादनमा प्रोत्साहन दिन उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि ककनी २ का वडाध्यक्ष कृष्ण घिमिरे मिलनले स्ट्राबेरी किसानलाई सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेशालाई निरन्तरता दिन र अन्य युवा वर्गलाई कृषि कर्मप्रति आकर्षण हुने गरेर नमूना किसान बन्न सुझाव दिए।


