तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसियामा सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते, आईतवार ५:५७

क्वालालम्पुर । मलेसियाको सेलाङ्गर राज्य स्थित पानासोनिक कम्प्लेक्स, सुकान नेगरा साआलममा आजबाट आर.टी.एफ.सी. प्रथम गोल्ड कप २०२५ को शुरुआत भएको छ। मलेसियामा रहेका नेपाली समुदायका लागि यस खेल प्रतियोगिताले एक उत्सवको रूप लिन थालेको छ।
खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि महामहिम राजदूत डा. नेत्र प्रसाद तिम्सिना, विशेष अतिथि एनआरएनए मलेसिया का अध्यक्ष राकेश प्रसाद महतो, आरसी हरि भट्टराई, आईसीसी सदस्य टेक बी टमटा, नेपाली जनसम्पर्क समिति प्रवक्ता सरोज दाहाल, दूतावासका प्रथम सचिव बलिराम धामी, पत्रकार र संघसंस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा १७ वटा टिमहरूले भाग लिएका छन् । आयोजकले खेलको महत्व र आगामी दिनमा मलेसियामा रहेका नेपाली समुदायको खेलकुद र संस्कृतिको क्षेत्रमा गरिने योगदानको बारेमा जानकारी गराएका छन्।
खेलमा विभिन्न पुरस्कारहरू समेत निर्धारित गरिएको छः

प्रथम पुरस्कारः २०,००० आरएम
दोस्रो पुरस्कारः १०,००० आरएम
बेस्ट खेलाडी, गोलकिपर, हाईस्कोर, डिफेन्डरः प्रत्येकलाई ३०० आरएम
म्यान अफ द म्याचः १०० आरएम
यो प्रतियोगिता आगामी दुई दिनसम्म चल्नेछ। आयोजक आर.टी.एफ.सी. का अध्यक्ष राजु तामाङले खेलको अवधिमा मलेसियामा रहेका नेपाली समुदायलाई अझ बढी खेलकुद र सांस्कृतिक क्षेत्रमा संलग्न गराउने लक्ष्य राखेको बताएका छन्।
एनआरएन मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले मलेसियामा रहेका नेपालीहरूको लागि खेलकुद र सांस्कृतिक कार्यक्रमहरूको आयोजनामा सहयोग गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै, भविष्यमा यस्ता कार्यक्रमहरू अझ प्रभावकारी ढंगले आयोजना गरिने बताए।
आरटीएफसी गोल्ड कप २०२५ मलेसियामा नेपाली खेलकुदको विकास र समुदायको एकता बढाउन महत्वपूर्ण कदमको रूपमा अघि बढिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु