दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै महोत्तरी गापाका अध्यक्ष पुरस्कृत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते, सोमबार ७:००

महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा क्षेत्रमा नेतृत्व, पहल, योगदान र उल्लेखनीय प्रगति गरेकोमा प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले यस वर्षको उत्कृष्ट पालिका पुरस्कारबाट पुरस्कृत र सम्मानित गरेको हो ।
पानले प्रत्येक वर्ष नेपालभरिबाट शिक्षा क्षेत्रमा योगदानबारे २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट पालिका पुरस्कारबाट पुरस्कृत गर्दछ ।
यस वर्षको मूल्याङ्कन समितिको अध्यक्ष प्रा.डा. विद्यानाथ कोइराला थिए । शुक्रबार पानद्वारा पोखरामा आयोजित आफ्नो दोस्रो राष्ट्रिय सम्मेलनमा महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई उक्त पुरस्कार र सम्मान प्रदान गरिएको हो ।
महोत्तरी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई र किसानहरुलाई सुविधा हुने क्षेत्रमा राम्रो काम गरेको छ ।
पशु सेवा केन्द्रको निर्माणदेखि जनचेतना र जानकारीमूलक कार्यक्रमहरु अगाडि बढाएको छ । २०८२–८३ मा पर्सादेखि महोत्तरी–सनुखरासम्मको सडक, महोत्तरीदेखि परकौलीचोकसम्मको सडक र गोरीगम्मादेखि रातोपुलसम्म पक्की नाला सहितको सडकको निर्माण सांसद गोमा लाभको प्रयासले शहरी विकास मन्त्रालयको योजना अन्तर्गत बन्ने भएको छ । यी तीनवटै योजनामा ३–३ करोडको गरी ९ करोड बजेट राखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु