दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्याड्डी गल्फ प्रतियोगिताको उपाधि अनिल र पार्वतीलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते, मंगलवार ६:०१

अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन्। उनले रोहित ३ स्ट्रोकले हराए। उपाधिसँगै नगद २१ हजार हात पारे।

रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए। उनले नगद १६ हजार हात पारे। वीर बहादुर तामाङ ११९ स्कोरसहित तेस्रो तथा कृष्ण नेपाल र दिपेश श्रेष्ठ चौथो र पाँचौं स्थानमा रहे।

महिलातर्फ पार्वती सुबेदिले ९३ स्कोरमा उपाधि सहुतगर्दै १० हजार ५ सय प्राप्त गरिन्। गीता तामाङ ९९ स्कोरका साथ दोस्रो र सुभानी भट्ट १०८ स्कोरमा तेस्रो भए। छैटौं होलम होल-इन-वनको सफलता प्राप्त गरेकी संगीता बलम्पिकालाई
५ हजार प्रदान गरियो।

विदुर तामाङले दुई बर्डीसहित मोस्ट बर्डिज, कृष्ण सिंहले लङ्गेस्ट ड्राइभ र विजय तामाङले क्लोजेस्ट टु द पिनको उपाधि जिते।

दुई दिने प्रतियोगितामा स्ट्रोक प्ले फर्म्याटअन्तर्गत स्क्र्याच ह्यान्डिक्यापमा खेलाइएको थियो। प्रतियोगितामा सबै खेलाडीले १८ होल पुरा गरेपछि कट लागू गरिएको थियो। जसअनुसार उत्कृष्ट १७ क्याडीले अन्तिम ९ होल खेल्ने मौका पाएका थिए। प्रतियोगितामा कूल १ लाख ४३ हजार ५ सय नगद पुरस्कार राखिएको थियो।

विजेताहरुलाई आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा, क्लब क्याप्टेन मिथुन राई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, महासचिव दीपक आचार्य, पूर्व पीजीए नेपालका अध्यक्ष घनश्याम थापा तथा महिला गल्फर गीता गुरुङले पुरस्कार वितरण गरे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु