तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गायक रमेशराज भट्टराई साङ्गीतिक कार्यक्रमका युरोप आउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २ गते, सोमबार ८:१७

पोर्चुगल— पछिल्लो समयको चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराई युरोप आउने भएका छन् । फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिएको साङ्गीतिक कार्यक्रमका लागि उनी युरोप आउने भएका हुन् ।

सांगीतिक कार्यक्रमका लागि उनी युरोपको पोर्चुगल, स्पेन, फिनल्यान्ड, बेल्जियम, चेक रिपब्लिक लगायत युरोपको विभिन्न देशहरूमा उनले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् ।

पछिल्लो समयमा व्यस्त रहेका गायक हुन् रमेशराज भट्टराई, स्वदेश तथा विदेशमा उत्तिकै स्टेज कार्यक्रम गर्दै आइरहेका गायक भट्टराई, पोहिलोपटक साङ्गीतिक कार्यक्रमका लागि युरोप आउँन लागेका हुन् ।

गायक रमेशराज भट्टराईको युरोपको पहिलो सांगीतिक कार्यक्रम फिनल्यान्डमा जुलाई ५ तारिख हुने भएको छ । अन्य देशमा भने कार्यक्रमको मिति तयार नभइसकेको आयोजकले जानकारी दिएको छ ।

आधुनिक तथा लोक दोहोरी गीत सबै बिधाका गीतहरुमा पोख्त, स्टेज तताउने गायकहरु मध्येको एक हुन् गायक रमेशराज भट्टराई, उनी यस भन्दा अगाडी बेलायत, अष्ट्रेलिया, जापान, हङकङ, दुबई लगायत थुप्रै देशहरुमा पटक पटक सफल प्रस्तुति दिइसकेका भर्सटाईल गायक भट्टराईको बेहुला बनाउछु भन्थि बहुला बनार गई, आज पनि पापी सहरमा बबाल भो बबाल भो, तिमी लाष्टै राम्री छौ र पो म फिदा भाको छु, टन्न पैसा कमाउला भन्थ्यौ सुखै सुखमा रमाउला भन्थ्यौ, राजा राजा भन्थि बाजा बजाएर गई, होलीमा अरे होलीमा मेरो दिल बस्यो कान्छिको मिठो बोलीमा, खु्ट्टा भए जुत्ता छानी छानी पाईन्छ यो बजारमा जस्ता उनको थुप्रै चर्चित गीतहरू हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु