दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आमाछोदिङमो गाउँपालिका आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार ८ गते, आईतवार १४:३७

रसुवा । आमाछोदिङमो गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न दोस्रो गाउँसभा अन्तर्गत अठारौं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले सो बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

अध्यक्ष तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाले आगामी वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दिगो वातावरण संरक्षण, रोजगारी सिर्जना, उद्यमशिलता प्रवर्द्धन तथा विपद व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।

उहाँले भन्नुभयो, “गाउँपालिकाको समग्र विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता छ। स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै जनताको जीवनस्तर उकास्ने कार्यक्रमहरूलाई हामीले प्राथमिकतामा राखेका छौं।

गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु। ३९,३९,३९,०००।०० (अक्षरूपी उनान्चालिस करोड, उनान्चालिस लाख, उनान्चालिस हजार मात्र) को आय–व्यय सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ।

अधिवेशनमा चालु आर्थिक वर्ष २०८१/०८२ जस्तै आगामी वर्षमा पनि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन प्रवर्द्धन, रोजगारी सृजना, उद्यमशीलता तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दीने स्पष्ट गरिएको छ। साथै, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरण गर्न स्थानीय विपद व्यवस्थापन कोष समेत व्यवस्था गरिएको जानकारी गराइएको छ।

अठारौं अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न आ-आफ्नो तह र तप्काबाट महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सरोकारवालाहरूलाई धन्यवाद दिने निर्णय गरिएको प्रवक्ता दावा गोम्बो तामाङले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु