तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रशासन तथा लेखा तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार ८ गते, आईतवार १८:१८

काठमाडौं, असार ८ गते । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम आइतबार बूढानीलकण्ठमा सम्पन्न भएको छ ।
समापनका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सहजकर्तालाई मायाको चिनो प्रदान गर्दै तालिम सञ्चालनका लागि सहयोग गरेको धन्यवाद दिए ।
सो अवसरमा सदस्य–सचिव घिसिङले आगामी दिनमा अन्य जिल्लाका कर्मचारीलाई पनि समेट्दै बृहत रुपमा तालिम आयोजना गर्ने बताउदै सहभागीले तालिममा हासिल गरेको ज्ञानलाई व्यहारमा उतार्नु पर्नेमा जोड दिए ।
दोश्रो तथा अन्तिम दिन कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नियन्त्रक विष्णुहरि वाग्लेले लेखा प्रणालीमा सूचना प्रविधिको प्रयोग सम्बन्धी ज्ञान दिएका थिए ।
पहिलो दिन सहभागीलाई खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटीले योजना तर्जुमा र सार्वजनकि खरिद प्रक्रिया, खेलकुद मन्त्रालयका उप–सचिव जगदीश पराजुलीले वित्तिय व्यवस्थापन र भ्रष्टचार नियन्त्रण, महालेखा परिक्षक कार्यालयका नायब महालेखा परिक्षक शंकरप्रसाद पन्थी तथा निर्देशक केदारप्रसाद खकुरेलले आन्तरिक नियन्त्रण प्रणाली, लेखा परिक्षण, अन्तिम लेखा परिक्षण, बेरुजु र फछ्र्यौट, महालेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीले पाम्स सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए । तालिममा ५४ कर्मचारी सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु