तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एपी ईन्सिच्युट अफ लर्निङ्गको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १४ गते, शनिबार १५:११

कीर्तिपुर: शैक्षिक तथा पेशागत तालिममा क्रियाशील एपी ईन्सिच्युट अफ लर्निङ्गले आफ्नो पहिलो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कीर्तिपुर, नयाँबजारस्थित कार्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, संस्थाका पदाधिकारीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विशेष अतिथिको रूपमा टिकटकर  मिस पवि, गायक तथा संगीतकार रोशन सिंह, र कलाकार रोशनी कार्कीको उपस्थिति रहनुले कार्यक्रमलाई अझ रंगीन बनायो।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा “Happy 1st Anniversary A.P Institute” लेखिएको केक काटिएको थियो।  संस्थाका सञ्चालक अंशू बर्मा, जो टिकटकर र समाजसेवी समेत हुन्, उनले संस्थाको स्थापनाको पहिलो वर्षमा प्राप्त सफलताप्रति खुशी व्यक्त गरे। उनले सञ्चालनमा ल्याएको “बर्मा नोट बुक” परियोजनाको पनि चर्चा गरिएको थियो, जुन शैक्षिक सामग्री र सामाजिक योगदानमा केन्द्रित छ।

वार्षिकोत्सवको अवसरमा संस्थाले सबै नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि एक हप्ता सम्मको लागी २५% छुटको घोषणा पनि गरेको छ, जुन सीमित अवधिका लागि लागु हुनेछ।

एपी ईन्सिच्युटले लोकसेवा, शिक्षक सेवा, सुरक्षानिकाय, भाषा कक्षा (कोरियन, जापानीज, अङ्ग्रेजी), कम्प्युटर तालिम, LLB/BALLB प्रवेश तयारी, र ब्रिज कोर्सहरू सञ्चालन गर्दै आइरहेको छ।

थप जानकारी र भर्नाका लागि इच्छुक विद्यार्थी तथा अभिभावकहरूले ९८४९४५८५६४  मा सम्पर्क गर्न सक्नेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु