तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं जेसिजको आयोजनामा “युवा उद्यमशीलता प्रवर्द्धन” विषयक कार्यक्रम आज सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १४ गते, शनिबार २१:५१

काठमाडौं, असार १४ | काठमाडौं जेसिजको आयोजनामा “युवा उद्यमशीलता प्रवर्द्धन” विषयक कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय उद्यमीहरूले आफ्ना अनुभव साझा गर्दै नेपालमा उद्यमशीलताको सम्भावना, चुनौती र अवसरबारे महत्वपूर्ण विचार राखेका थिए।

उद्यमी तथा जेसिजकी पूर्व उपाध्यक्ष सेन इनु थापाले जेसिजमा आबद्ध हुँदा आफूले व्यवसायिकरूपमा ठुलो उपलब्धि हासिल गरेको बताउँदै जेसिजले नेतृत्व विकास र व्यवसायिक सञ्जाल विस्तारमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो।

एनसी एग्रो टेकका सञ्चालक दीपकप्रसाद न्यौपानेले “कृषिमा नेपालमा ठुलो सम्भावना छ भन्ने सोच लिएर अघि बढेको छु” भन्दै कृषिमा युवाहरूको सहभागिता बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले नविनतम क्षेत्रहरूमा लगानी विस्तार गर्नु अहिलेको आवश्यकता भएको सुझाव दिनुभयो।

त्यसैगरी, महिला उद्यमी सङ्गीता लामिछानेले श्रीमानको सहयोग र प्रेरणाले आफू व्यवसायमा लाग्न सफल भएको बताउनुभयो। उहाँले जागिरको तुलनामा व्यवसायबाट स्थायी र राम्रो आम्दानी गर्न सकिने उल्लेख गर्नुभयो।

भिगन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले नेपालमा साना पूँजीबाट सुरु गरिएका व्यवसायहरू पनि क्रमशः ठूलो स्तरमा विस्तार हुन सक्ने भएकाले थोरै पूँजीलाई पनि उत्तिकै महत्व दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा काठमाडौं जेसिजका अध्यक्ष श्यामकुमार घिमिरेले “युवा उद्यमशीलता विकासका लागि नै जेसिज काठमाडौंले यस कार्यक्रमको आयोजना गरेको हो” भन्दै युवाहरूमा नेतृत्व क्षमता विकास र व्यवसायिक चेतना फैलाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रम असार १४ गते, शनिबार काठमाडौं जेसिजको सचिवालयमा सम्पन्न भएको हो। कार्यक्रमका अध्यक्ष जेसी. अमर महर्जन रहनुभएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु