तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ब्रेनल्याण्ड एकेडेमीको उत्कृष्ट सफलता ः एसईई २०८१ मा ४ जिपिएसहित शतप्रतिशत नतिजा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १५ गते, आईतवार ८:३४

काठमाडौं, असार १३ । ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट सहभागी भएका २५ जना सम्पूर्ण विद्यार्थीले ४।०० जिपिएसहित उत्तीर्ण भएका छन।

विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त दाहालले उक्त नतिजाप्रति गर्व व्यक्त गर्दै भने, “हामीले यस वर्ष २५ जना विद्यार्थी एसईईमा सहभागी गराएका थियौं, जसमध्ये सबैले उत्कृष्ट नतिजासहित ४।०० जिपिए ल्याएका छन। यस्तो ऐतिहासिक सफलता प्राप्त गर्नु विद्यालय परिवार, विद्यार्थी, शिक्षक, अभिभावक र स्टाफहरूको सामूहिक प्रयासको परिणाम हो। यस उपलब्धिमा हामी अत्यन्त गौरवान्वित छौं।”

विद्यालयका संस्थापक प्रिन्सिपल तथा वरिष्ठ बालसाहित्यकार एवम शिक्षासेवी पारसमणि दाहालले समेत विद्यालयको निरन्तर सफलताको मूल कारण बालमैत्री र नवप्रवर्तनशील शिक्षण पद्धति भएको उल्लेख गर्दै भने, “शिक्षा केवल अंक प्राप्तिको माध्यम होइन, व्यक्तित्व विकासको आधार हो भन्ने विश्वासका साथ हामीले शिक्षण पद्धति विकास गरेका छौं। यस नतिजाले ब्रेनल्याण्ड एकेडेमीको गुणस्तरीय शिक्षा र प्रतिबद्धतालाई पुष्टि गरेको छ।”

ब्रेनल्याण्ड एकेडेमीले विद्यार्थीको समग्र विकासमा केन्द्रित हुँदै, रचनात्मकता, नैतिकता र व्यवहारिक ज्ञानमा आधारित शिक्षण प्रविधि प्रयोग गर्दै आएको छ। विद्यालयको यो सफलताले उदाहरणीय उपलब्धि हासिल गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु