
काठमाडौं । देशकै पहिलो प्रतिष्ठित जेसिज शाखा काठमाडौं जेसिजको जेसिज सप्ताह २०२५ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै सम्पन्न गरेको छ।
जेसिजको बार्षिक कार्यक्रम अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आइतबार काठमाडौं जेसिज बर्ष २०२५ का अध्यक्ष जेसि श्याम कुमार घिमिरेको सभाध्यक्षमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल जेसिजका पुर्ब अध्यक्ष सुशील बाबु श्रेष्ठको प्रमुख आतिथ्यता गर्नुभएको थियो भने विशिष्ट अतिथिमा राष्ट्रिय स्वतन्त्र पार्टीका जनसम्पर्क कमिटी सदस्य डा.प्रधुम्न महत अमेरिकी दूतावास युवा परिषद् नेपाल सदस्य युवराज खड्का काठमाडौं जेसिज पुर्ब अध्यक्षहरू बद्रीदास श्रेष्ठ,अनुप सुनुवार,इनु थापा, इन्द्र रत्न बज्राचार्य रहनु भएको थियो ।

कार्यक्रममा जेसीजले युवाको नेतृत्व र क्षमता विकासका लागि महत्वपूर्ण भूमिकाका साथ सकारात्मक सोचका माध्यमबाट युवालाई सकारात्मक बाटोमा हिँडाउन आवश्यक रहेकाले त्यसका लागि जेसीजले नेतृत्वदायी भूमिका खेल्न सक्ने अतिथिहरूले जोड दिए।
उनीहरूले जेसीजले युवाहरूलाई नेतृत्व विकासका लागि प्रदान गर्दै आएको अवसरको प्रशंसा गर्दै यस्ता सप्ताहव्यापी कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

काठमाडौं जेसिज अध्यक्ष घिमिरेले जेसिज सप्ताह’ सफलताका साथ सम्पन्न गराउन सहयोग गर्ने कार्यक्रम संयोजकलाई धन्यवाद दिए ।जेसिज सदैब युवा र समाजका लागि काम गर्ने हुदा यो सप्ताहका सातै दिन पनि समाजका लागि बिताएको उनले बताए । उनले सामाजिक कार्य संगै युवाहरुमा सकारात्मक सोचको विकास गरि सहि बाटो तर्फ अघि बढाउन काठमाडौ जेसीजले सधै काम गरिरहने बताए ।


यस वर्ष काठमाडौं जेसीज सप्ताह कार्यक्रम अन्तर्गत असहाय बालबालिकाहरु खाधन्न सहयोग, युवा उद्यमशीलता प्रवर्द्धन” विषयक सचेतनात्मक बिचार गोष्ठी,पशुपतीनाथ मन्दिर परिसरमा रक्तदान, बृक्षा रोपन,देश बिकासमा युवाको भुमिका अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना गरिएको महासचिव नवराज भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न जेसिजका प्रतिनिधिहरू लगायत विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। जेसीजका बर्ष २०२५ का वाेर्डका पदाधिकारीहरु तथा सदस्यहरुकाे उल्लेखनीय उपस्थित रहेकाे थियो ।


