दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल जेसीज र टेक्सास एजुकेशनल नेटवर्क बीच सूच​ना प्र​विधि स​म्ब​न्धी सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १८ गते, बुधबार २१:३०

काठमाडौं, असार १८ | नेपालको अग्रणी युवा संस्था नेपाल जेसीज (Nepal Jaycees) ले टेक्सास एजुकेशनल नेटवर्क र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी (Texas College of Management and IT) सँग दुईवटा महत्वपूर्ण समझदारीपत्र (MoU) मा हस्ताक्षर गर्दै सूचना प्रविधिमा एक युगान्तकारी अभियानको औपचारिक सुरुवात गरेको छ।

उक्त सम्झौतामा नेपाल जेसीजका गतिशील राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर राजनी थापा तथा राष्ट्रिय उपाध्यक्ष जेसी दिपक अधिकारी, टेक्सास एजुकेशनल नेटवर्कका तर्फबाट डा. सुमन थपलिया र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका शैक्षिक समन्वयक इन्जिनियर रोहित पाण्डेको उपस्थितिमा औपचारिक हस्ताक्षर सम्पन्न भएको हो।

यस समझदारी अनुसार नेपालभर रहेका १८४ भन्दा बढी शाखाहरूलाई लक्षित गर्दै सूचना प्रविधिको समग्र सशक्तिकरण गरिनेछ। Zoom जस्ता प्लेटफर्महरू प्रयोग गरी भर्चुअल तालिमहरू प्रदान गरिनेछ भने नजिकका शाखाहरूमा प्रत्यक्ष रूपमा प्रशिक्षणको पनि व्यवस्था गरिनेछ। प्रत्येक शाखाबाट कम्तीमा एक जना दक्ष IT अफिसर उत्पादन गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ।

साथै, विभिन्न निःशुल्क तथा गुणस्तरीय डिजिटल तालिमहरू पनि प्रदान गरिनेछन् जसमा साइबर सुरक्षा, पेशागत जीवनवृत्त लेखन (CV Writing), Microsoft Office Package (Word, Excel, PowerPoint आदि), WordPress बाट वेबसाइट निर्माण, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नयाँतम प्रविधिहरू, कम्प्युटर नेटवर्किङ लगायतका तालिमहरू समावेश छन्। यसमार्फत घरमै बसेर IT Professional बन्न सक्ने अवसर सिर्जना गर्ने र सबैका लागि डिजिटल पहुँचको अभियानलाई सार्थक बनाउने उद्देश्य रहेको छ।

कार्यक्रमको विशेष उपस्थितिमा JCI काठमाडौंका अध्यक्ष जेसी श्याम कुमार घिमिरे, JCI इमाडोलकी अध्यक्ष जेसी श्रीजना श्रेष्ठ, विभिन्न शाखाका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता थियो भने टेक्सास कलेज अन्तर्गत BCS विभागका शैक्षिक समन्वयक दिपक अधिकारीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल जेसीजले सन् २०२५ (वि.सं. २०८१) लाई “सूचना प्रविधिमार्फत युवा सशक्तिकरण (Youth Empowerment through Technology)” भन्ने मूल मन्त्रसहित अघि बढाउने दृष्टिकोण लिएको छ। यस डिजिटल तालिम अभियानमार्फत नेपाली युवाहरूलाई डिजिटल दक्षता प्रदान गरी रोजगारी, उद्यमशीलता, फ्रीलान्सिङ, सिभिल सर्भिस तयारी तथा निजी क्षेत्रको रोजगारीतर्फ प्रेरित गरिने योजना रहेको छ।

यो कार्यक्रमले नेपाल जेसीजलाई टेक इनेबल्ड (प्रविधिसक्षम) युवा संगठनको रूपमा स्थापित गर्न थप मद्दत गर्नेछ र अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपाललाई प्रविधिमा सशक्त राष्ट्रका रूपमा प्रस्तुत गर्न सघाउनेछ। नेपाल जेसीज र टेक्सास समूहबीचको यो साझेदारी नेपालको सूचना प्रविधि क्षेत्रमा ऐतिहासिक मोड सावित हुनेमा सहभागीहरू आशावादी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु