तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २० गते, शुक्रबार ८:१९

सिन्धुली, १९ असार । सिन्धुलीको मरिण गाउँपालिका–६ मा स्थापना गरिएको मरिण कम्युनिटी अस्पतालले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा कार्यक्रमका साथ सेवा विस्तारको घोषणा गरेको छ।

वार्षिकोत्सव समारोहमा प्रतिनिधिसभा सदस्य लेखनाथ ९राजन० दाहालको प्रमुख आतिथ्य रहेको थियो। सांसद दाहालले मरिण जस्तो ग्रामीण बस्तीमा अस्पतालले सुरु गरेको सेवा र स्वास्थ्य पहुँचको प्रयासलाई अनुकरणीय भन्दै निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर डा। बिपिन नेपालले एक वर्षको अवधिमा प्राप्त सफलताबारे जानकारी दिँदै आगामी दिनमा अझ स्तरीय र विशेषज्ञ सेवा थपिने प्रतिबद्धता जनाए। अस्पतालले वार्षिकोत्सवकै दिनदेखि सामान्य शल्यक्रिया ९ःष्लयच इत्०, सिजेरियन डेलिभरी ९ऋ(क्भअतष्यल० र पीआरपी ९एबितभभित च्ष्अज एबिकmब० उपचार सेवा सुरु गरेको घोषणा गरिएको थियो।

स्थानिय जनप्रतिनिधि, प्रशासनिक अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा वक्ताहरूले ग्रामीण भेगमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याएकोमा मरिण अस्पतालको प्रयासको प्रशंसा गरेका थिए।

अस्पताल स्थापना भएदेखि नै दैनिक ओपीडी सेवा, आकस्मिक उपचार, ल्याब, एक्स(रे, अल्ट्रासाउन्ड, फिजियोथेरापी, प्रसूति तथा बाल स्वास्थ्य सेवा लगायतका नियमित सेवा प्रवाह हुँदै आएको छ।

अस्पतालका सञ्चालकहरूका अनुसार स्वास्थ्य पहुँचबाट टाढा रहेका जनतालाई गुणस्तरीय सेवा दिनु नै संस्थाको मुख्य उद्देश्य हो। वार्षिकोत्सवमार्फत सेवा विस्तारसँगै अस्पतालले भविष्यमा समेत विशेषज्ञ सेवा थप गर्दै लैजाने रणनीति बनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु