तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज हरिशयनी एकादशी: तुलसीरोपणसहित चतुर्मासको प्रारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २२ गते, आईतवार ८:२३

काठमाडौ । आषाढ शुक्ल एकादशी, जसलाई हरिशयनी एकादशी पनि भनिन्छ, सनातन धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन हो। यस वर्ष आइतबारको दिन यो पवित्र तिथि परेको छ। यस दिन घरआँगनमा तुलसीको रोपाइँ गर्ने परम्परा अनुसार श्रद्धालुहरूले तुलसी रोप्ने तयारी गरेका छन्।

यसभन्दा एक महिना अगाडि, ज्येष्ठ शुक्ल एकादशीमा तयार पारिएको तुलसीको बिरुवा आजको दिन बगैँचामा सारिन्छ। आयुर्वेदमा तुलसीलाई औषधीय गुणले भरिएको वनस्पति मानिन्छ, जसले अत्यधिक अक्सिजन उत्सर्जन गर्ने भएकाले वातावरणीय दृष्टिले पनि यसको विशेष महत्त्व छ।

धार्मिक परम्पराअनुसार, आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई भगवान् विष्णु र उनकी अर्धाङ्गिनी लक्ष्मीका प्रतीकको रूपमा पूजा गरिन्छ। यसै दिनदेखि सुरु हुने चतुर्मास नामक चार महिनाको धार्मिक अवधि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा समाप्त हुन्छ, जसदिन तुलसीविवाह गरिन्छ।

धर्मशास्त्री प्राडा देवमणि भट्टराईका अनुसार, भगवान् विष्णु यस दिनदेखि क्षीरसागरमा शयन गर्न गएका मानिन्छन्, जसका कारण चतुर्मास अवधिभर विवाह लगायतका मांगलिक कार्यहरू नगर्नु उपयुक्त मानिन्छ।

व्रत, उपवास र विष्णु आराधनालाई विशेष महत्त्व दिइने यस अवधिमा, हरिशयनी र हरिबोधिनी एकादशीलाई वर्षको अन्य २२ एकादशीभन्दा विशेष मानिन्छ। वैष्णव परम्परामा यसको गहिरो धार्मिक मूल्य छ, यद्यपि स्मार्त परम्परामा यसलाई सामान्य रूपमा मनाइन्छ।

पञ्चाङ्गअनुसार, आइतबार एकादशी तिथि बेलुकी ८ बजेर ४० मिनेट (३८ घडी ३३ पला) सम्म रहने उल्लेख छ। त्यसैले यस दिनको व्रत, पूजा वा तुलसीरोपण सोही समयभित्र सम्पन्न गरिनु शुभ मानिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु