
काठमाडौं । नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गंगा बहादुर खड्का सम्मानित भएका छन।
गुरु पुर्णिामाको अवसरमा बिहीबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा सफल कृषि सम्मान २०८२ बाट कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भव्य समारोहका बीच खड्कालाई सम्मान गर्नु भएको हो।

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित खड्का विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएर निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी कृषि अभियन्ता पनि हुन् ।
सम्मानप्रति आभार व्यक्त गर्दै खड्काले दुग्धजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए। यो सम्मान ले आगामी दिन यसै क्षेत्रमा थप ससक्त भयर लाग्न प्रेरित गराएको छ भन्दै कार्यक्रमका सम्पुर्ण टिमलाइ धन्यवाद ज्ञापन समेत गर्नु भयो ।


