तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ख्यातिप्राप्त कलाकार मिथिला शर्माले गुरु पूर्णिमाको अवसर पारेर आफ्नो कलायात्राका गुरुहरुको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २६ गते, बिहीबार १९:१४

ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले गुरु पूर्णिमाको अवसर पारेर आफ्नो कलायात्राका गुरुहरुको सम्मानस्वरुप कलाका विभिन्न विधाका कलाकर्मीलाई सम्मान गरेकी छन्।
अभिनेत्री शर्माले आफु वरिष्ठ सल्लाहकार रहेको नेपाल पूर्व प्रहरी कलाकार संघमार्पmत आप्mना गुरुहरुको नाममा स्थापित सम्मानबाट कलाकर्मीलाई सम्मान गरेकी हुन्। प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभा हलमा सम्पन्न संघको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान कार्यक्रममा नृत्य र अभिनय करियरका गुरुहरुलाई गुरु दक्षिणास्वरुप उनीहरुको नाममा स्थापना गरेको सम्मान कलाकर्मीलाई प्रदान गरेकी हुन््। कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठलाई राजपाल थापा नृत्य साधना सम्मान २०८२, साहित्यकार रमण घिमिरेलाई चेतन कार्की गीती वाङ्मय सम्मान २०८२, वरिष्ठ संगितकार प्रकाश गुरुङ्लाई गोपाल योञ्जन संगित साधना सम्मान २०८२ र वरिष्ठ कलाकार बसुन्धरा भुसाललाई हाडा एन्ड पाल हास्य वाङ्मय सम्मान २०८२ बाट सम्मानित गरिएको हो। संगीतकार गुरुङ देश बाहिर रहेका कारण उनको सम्मान उनकै छोरा रजय गुरुङले ग्रहण गरेका थिए। कलाकर्मीलाई कार्यक्रमका प्रमूख अतिथि प्रहरी महानिरिक्ष्ँक दीपक थापा, पूर्व प्रहरी महानिरिक्ष्ँक मोतीलाल बोहरा, अभिनेता तथा रंगकर्मी हरिहर शर्मा, अभिनेत्री भूवन चन्द, चैत्यदेवी, मिथीला शर्मा, गौरी मल्ललगायतले सम्मान प्रदान गरेका थिए।
समारोहमा बोल्दै संघकी सल्लाहकार मिथिला शर्माले आफू जन्मिएको ठाउँमा उभिएर गुरुहरुलाई सम्मान गर्न पाउँदा भावूक भएको बताईन्। ‘अभिनय, गायन र नृत्यका मेरा गुरुहरुलाई गुरु दक्षिणास्वरुप यो सम्मान स्थापना गरेकी हुँ। विगतले अँस माग्दैन। तर ३ सय ६५ दिनमा यो विषेश १ दिन गुरुहरुलाई सम्झिएर यो कार्यक्रम गर्दा गुरुहरु चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्र्ुव रत्न हाडाको गर्विलो ईतिहास सम्झिईरहेकी छु।अ ामा बुवा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन। तर पनि उहाँहरुको नाममा केहि गरेर सदा आर्षिवाद पाईरहु जस्तो लाग्छ’ कार्यक्रममा अभिनेत्री शर्माले भनिन्।
प्रहरी महानिरीक्षक दीपक थापाले यो संघको वार्षिकोत्सव मात्रै नभई रचनात्मक र सिर्जनात्मक कार्यक्रम भएको चर्चा गर्दै आफू स्रष्टा कलाकार नभए पनि संगठन र व्यतिmगत तर्फबाट संघलाई सहयोग गर्ने घोषणा गरे। सम्मानित कलाकारको तर्फबाट बोल्दै अभिनेत्री बसुन्धराले भुषालले २०२३ सालमा श्रीमान र आफ्नो भेट प्रहरी क्लबमै नृत्य गर्ने क्रममा भएको स्मरण गर्दै आज सोही क्लबमा सम्म्मानित हुन पाउँदा भावुक भएको बताईन्। ‘मेरो श्रीमानसंग प्रहरी क्लबमै भेट भएको थियो। श्रीमान प्रहरी कलाकार नभएको भए अगाडि आउन सक्दिन थिएँ होला। त्यो बेला मेरो प्रिय बाल कलाकार मिथिला बहिनी थिईन्। आज उसैले यो हलमा कार्यक्रम गरेर सम्मान गर्दा निकै भावूक भएकी छु। मैले अभिनय गर्दा जोकर्नी भनेर हेपिन्थ्यो। तर यहि क्षेत्रबाट यो उच्च सम्मान पाउँदा अन्य विभिन्न सम्मान भन्दा निकै महत्वपूर्ण सम्मान पाएको महशुष गरेकी छु। मिथिलाले कस्तो सम्मान ग¥यो भने सम्मानपूर्वक योसँगको रकम पनि खुलाएको छैन। म गुरु भेटी सम्झेर आज दिईएको खाम नखोली राख्छु’ भुषाालले भनिन्।
कार्यक्रममा प्रहरी कलाकारहरुे विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु