दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए क्यानाडाको अध्यक्ष पदका लागि इतिहासमै पहिलो महिला उम्मेदवार चन्द्रा अधिकारीको ऐतिहासिक अभियान”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २७ गते, शुक्रबार १२:५७

क्यानाडा, — नेतृत्व भनेको केवल बोलेर होइन, दुःखमा साथ दिएर, समस्यामा समाधान ल्याएर र सबैको विश्वास जितेर प्रमाणित गरिनुपर्छ। यही परिभाषालाई जीवन्त बनाउँदै चन्द्रा अधिकारी आज एनआरएनए क्यानाडाको अध्यक्ष पदका लागि उम्मेदवार बन्नु भएको छ । र उहाँ इतिहासमै यो पदको लागि उम्मेदवारी दिने पहिलो महिला हुनुहुन्छ।

पद्म कन्या क्याम्पसमा अध्ययनकालदेखि नै नेपाली विद्यार्थी र युवाको समस्या बुझ्ने, समाधान खोज्ने, र उनीहरूलाई समेट्ने कार्यमा सक्रिय रहनु भएकी चन्द्रा अधिकारीले क्यानाडामा आएपछि पनि त्यो जिम्मेवारीलाई निरन्तरता दिइरहनु भएको छ।

क्यानाडा जस्तो प्रतिस्पर्धी समाजमा उहाँले नेपाली युवाहरूको रोजगारी, अवसर र सशक्तिकरणका लागि आफू अगाडि बढेर गेट खोल्ने काम गर्नुभएको छ। सयौं युवाहरू उहाँको सल्लाह र सहयोगबाट लाभान्वित भएका छन्। ‘आफू मात्र होइन, अरूलाई पनि अघि बढाऔं’ भन्ने उहाँको सोचले उहाँलाई विशिष्ट बनाएको छ।

उहाँ विशेषगरी नेपाली विद्यार्थी र अन्य नेपाली समुदायका समस्यामा दत्तचित्त भएर, नडरी, नथाकी खटिने व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ। शिक्षा, रोजगारी, आपतकाल, कानुनी सहायता, स्वास्थ्य, वा अन्य व्यक्तिगत संकट — जुनसुकै समस्या परे पनि उहाँ प्रत्यक्ष उपस्थित भएर समाधानमा भूमिका खेल्नुहुन्छ।

चन्द्रा अधिकारी विपत्तिको बेला सधैं अगाडि देखिनुहुन्छ — चाहे स्वास्थ्य समस्या होस्, अप्ठ्यारो परिस्थिति होस् वा मृत्युपछि सहयोग पुर्‍याउनु पर्ने कठिन समय। उहाँ बोल्नु भन्दा बढी गर्नुमा विश्वास राख्ने अगुवा हुनुहुन्छ।

संस्थागत रुपमा उहाँ गोपनीयता र पारदर्शिताबीचको सन्तुलनमा विश्वास गर्नुहुन्छ। उहाँ विश्वास र इमानदारीका साथ संस्था चलाउने नेतृत्व हुनुहुन्छ, जहाँ सदस्यहरूको विश्वास सुरक्षित रहन्छ।

उहाँको सेवाभाव, समर्पण र नेतृत्व क्षमताका लागि बेलायतका राजा चार्ल्स तेस्रो द्वारा King Charles III Award र स्वर्गीय महारानी एलिजाबेथ को Coronation Award बाट पनि सम्मानित भइसकेकी छन्। यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्ने नेपाली महिलाहरूमा उहाँ अग्रणी स्थानमा हुनुहुन्छ, जुन सम्पूर्ण नेपाली समुदायको गर्वको विषय हो।

चुनावमा विजयी भएपछि, चन्द्रा अधिकारीले नेपाल–क्यानाडा सम्बन्धमा पुलको भूमिका निर्वाह गर्ने, नेपालमा लगानी भित्र्याउने, र क्यानाडामा रहेका नेपाली समुदायका आवश्यकताअनुसार कार्यक्रम तथा पहलहरू संचालन गर्ने अठोट व्यक्त गर्नुभएको छ।

महासचिव पदमा निर्वाचित हुने पहिलो महिला भएर नेतृत्वमा सक्षम प्रमाणित गरेकी चन्द्रा अधिकारी आज फेरि अध्यक्ष पदको उम्मेदवारी मार्फत नेतृत्वको स्तरलाई अझ उचाइमा पुर्‍याउने अभियानमा लाग्नुभएको छ।

यो उम्मेदवारी केवल महिलाको प्रतिनिधित्व होइन — यो समर्पण, सेवा, कर्मशीलता र समुदायप्रतिको दायित्वको प्रतिनिधित्व हो।

अब नेतृत्व परिवर्तनको बेला आएको छ — जहाँ चन्द्रा अधिकारीजस्तो परीक्षण भइसकेको, सशक्त, इमानदार र संवेदनशील नेतृत्वलाई अघि बढाउने हाम्रो कर्तव्य हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु