दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ईटहरीमा फेसियल हाउसको नयाँ शाखाको शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २८ गते, शनिबार १४:२३

ईटहरी । नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र ईटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।
नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटी सम्पन्न गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै सुष्मा महराले भनिन्, “फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा आरम्भ गरेको थियो। यद्यपि, कोभिड महामारीका कारण केही समयका लागि सेवा रोकिएको थियो। अहिले हामीले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएका छौं। सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो ।


ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले ईटहरीलाई सौन्दर्य सेवाको हब बनाउन फेसियल हाउसले पु¥याउने योगदानको सराहना गर्दै संस्थालाई सफलताको शुभकामना दिनुभयो ।
वडानं ६ का वडा अध्यक्ष दिवस पोख्रेलले फेसियल हाउसको सेवा र प्रभावबारे पहिले देखि जानकारी रहेको बताउँदै ईटहरीमा शाखा विस्तार गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रमुख अतिथि उप–प्रमुख संगीता कुमारी चौधरीले भनिन्,“राम्रो बन्ने चाहना सबैको हुन्छ । सौन्दर्य सेवा महिलाहरूको आत्मविश्वास र पहिचानसँग जोडिएको विषय हो । फेसियल हाउसले यहाँ शाखा विस्तार गरी महिला सशक्तीकरणमा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु । नगरपालिकाले पनि महिलाहरूलाई ब्युटिसियन तालिम प्रदान गर्दै आएको छ, र यसलाई रोजगारीमा रूपान्तरण गर्नेजस्तो व्यवसायको उपस्थितिले थप उत्साह मिलेको छ ।“

फेसियल हाउस, ईटहरी शाखाबाट ग्राहकहरूले हेयर केयर, स्किन केयर, स्किन टेस्ट, मेनिक्योर–पेडिक्योर, हाइड्रा फेशियल लगायतका अत्याधुनिक सेवा सुविधा एकै छानामुनि पाउन सक्नेछन् ।
संस्थाले निकट भविष्यमा पूर्वाञ्चलका अन्य शहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु