दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महर्षि कलेजमा भानुभक्तको योगदानको सम्झना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २९ गते, आईतवार १४:००

काठमाडौँ २९ असार । महर्षि कलेज गोँगबुमा भानुभक्त आचार्यको चर्चा गरिएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धनमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको चर्चा गरिएको हो ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती समारोहका अवसरमा महर्षि कलेज गोँगबु, मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान, ठाकुर छाँगा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमका वक्ताले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पु¥याउन भानुभक्तको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

भानु प्रतिष्ठानका पूर्वअध्यक्ष प्राडा व्रतराज आचार्यले भानुभक्त आचार्यलाई नेपालमा मात्र नभई नेपाल बाहिर रहेका नेपालीले पनि उत्तिकै आदार र सम्मान गर्ने बताउनुभयो । भानुभक्त आचार्यको योगदानलाई नेपालमा विसं २०१० देखि मात्र नेपाली शिक्षा परिषद्मार्फत कदर गर्न थालिएको उहाँको भनाइ थियो ।

भानुभक्तका पनातिसमेत रहनुभएका काशीराज आचार्यले भानुभक्तको सम्मानका लागि तनहुँको चुँदीरम्घामा बृहत् भानुपार्क निर्माण गर्न लागिएको जानकारी दिनुभयो । रम्घा डाँडोलाई भानु उद्यानका रुपमा विकास गर्न लागिएको उहाँको भनाइ थियो ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले मस्र्याङ्दी वाङ्मयले स्थापनाकालदेखि नै भानुजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । महर्षि कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारीले पछिल्लो समय नेपाली भाषा, साहित्य र कलाप्रति युवाको मोह घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सुमित्रा न्यौपानेले भानुभक्तका रामायणको श्लोक वाचन गर्नुका साथै भजन समूहबाट रामायणको भजन प्रस्तुत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु