तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सर्जक ढकालको नयाँ तीज गीत “खेतला” सार्वजनिक (भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार ३० गते, सोमबार ९:१७

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।

सोही क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको महिला हिंसा र दाइजो प्रथा बिरुद्दको एक सशक्त आबाज रहेको नयाँ तीज गीत “खेतला” सार्वजनिक भएको छ ।

यस गीतमा शब्द,संगीत सर्जक ढकालकै रहेको छ भने ढकाल संगै माया दर्नाल,दिपकला थापा, रिम्पल,कृष्ण लामिछानेको स्वर रहेको छ।

लक्ष्मण श्रेष्ठको निर्देशन रहेको गीतमा मारुभूमि नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा बिनोद ढकाल,सुशीला निरौला (बिमली) गणेश एसी (क्वाके) रोमा बिष्टको अभिनय रहेको छ। यस गीतलाई बिनोद ढकाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु