दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएन् यूकेको अध्यक्षका उम्मेदवार पुडासैनी भन्छन् ‘जटील लाग्ने मुद्यासमेत समाधान गर्न सकिन्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण १ गते, बिहीबार ९:११

काठमाडौँ, साउन १ – एनआरएन् यूकेको आगामी जुलाई २७ (साउन ११ गते) हुने अधिवेशनमा अध्यक्षमा राजेन्द्र पुडासेनीले उम्मेदवारी घोषणा गरेका छन् ।

बेलायतमा बसेर लामो समयदेखि सामाजिक, शैक्षिक क्षेत्रसँगै श्रमिकको क्रियाशील रहँदै आएका पुडासैनीले आफ्ना एजेण्डासहित सन् २०२५–२७ का लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपाली सम्पत्तिको सुरक्षा, गोर्खा सैनिकको समानताका लागि ऐक्यबद्धता, नयाँ पुस्ताको सहभागिता, नेपाली कला–संस्कृतिको प्रवद्र्धन, विद्यार्थी तथा श्रमिक अधिकारको संरक्षणलगायतका एजेन्डालाई उनले प्रमुख प्राथमिकता दिने बताएका छन् । ‘एनआरएन अभियानलाई एकतामा बाँध्न सके जटिल लाग्ने मुद्दासमेत समाधान गर्न सकिन्छ’ उनी भन्छन् ।

नेपालको नुवाकोटबाट २५ वर्षअघि बेलायत गएका पुडासैनी हाल लन्डनमा बसोबास गर्छन । उनी बेलायतको प्रतिष्ठित विश्वविद्यालयबाट एमबीए तथा बीएससी अनर्स गरेर हाल १५ वर्षदेखि एनएचएस (नेशनल हेल्थ सर्भिस) मा कार्यरत छन् । विद्यार्थी जीवनदेखि नै नेतृत्वदायी भूमिकामा रहेका उनले नेपालमा काठमाडौंको ठमेलमा रहेको सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति भएर काम गरिसकेका छन् ।

बेलायतमा पनि उनी ट्रेड युनियन आन्दोलनमा अग्रपंक्तिमा छन् । हाल जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थका सचिव रहेका पुडासैनी यति नेपाली एशोसिएसन यूकेका पूर्व महासचिव र प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्षसमेत रहिसकेका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समिति सदस्यको रूपमा पनि उनले कार्यकाल बिताइसकेका छन् ।‘मलाई विश्वास छ, नेपाली समुदायलाई एकताबद्ध बनाउने प्रयासमा मेरो यात्राले सार्थकता पाउने छ ’ पुडासैनी भन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु