तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

श्रद्धा सिंह थापाद्धारा एनआरएनए नर्वेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २ गते, शुक्रबार ५:४०

नर्वे — गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आगामी (२०२५–२०२७) कार्यकालको लागि श्रद्धा सिंह थापाले अध्यक्ष पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ । सानै उमेरमा नर्वे आएकी श्रद्धा अहिले युवापुस्ता, महिलाहरू र समावेशी नेतृत्वको सशक्त आवाजका रूपमा अगाडि बढिरहेकी छिन् ।

१४ वर्षको उमेरमा नर्वे आएकी श्रद्धाले पछिल्ला ११ वर्षमा नेपाली समुदायसँग निकट सम्पर्क राख्दै सामाजिक योगदान पुर्‍याउँदै आएकी छन् । उम्मेदवारी घोषणा गर्दै उनले भनिन्, ‘यो केवल उम्मेदवारी होइन, यो हाम्रो समुदायप्रतिको प्रतिबद्धता हो’ ।

थापाले पहिलो पुस्ताका नेपालीहरूलाई नर्वेजियन भाषा सिकाइ, एकीकरणमा सहयोग र आवश्यक सेवामा पहुँच दिलाउने, दोस्रो र तेस्रो पुस्ताका लागि हाम्रो संस्कृति र पहिचान जोगाउने, कन्सुलर सेवा र व्यवहारिक सहयोग सबैको लागि सहज र समान बनाउने आफ्नो दृढ़ संकल्प रहेको बताइन् ।

त्यस्तै थापाले हाम्रा विविध समुदायका सबै आवाजलाई प्रतिनिधित्व दिने, जहाँ प्रत्येक व्यक्ति सम्मानित र समावेशित महसुस गर्न सकून्, युवापुस्ता, महिला, र उद्यमीहरूलाई सशक्त बनाउने उनको लक्ष्य रहेको छ ।

‘म नयाँ सोच र दृष्टिकोण लिएर आएकी छु, जहाँ परम्पराको मूल्य र नयाँ पुस्ताको ऊर्जा एकसाथ जोडिन्छ । एनआरएनए अब दुई पुस्ताबीचको पुल बन्नुपर्ने समय आएको छ,’ श्रद्धा सिंह थापाले भनिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु