
काठमाडौ । लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको नयाँ तिज गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा “छड्के कपाल किन कोरेको ” बोलको गीत सार्वजनिक गरेका हुन्।
रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा रमेश शतकको संगीत संयोजन छ। गायक खनाललाई गायनमा गायिका राधिका हमालले साथ दिएकी छिन्। गीतमा दिपेश बिष्ट ,कृष्ण खत्री ,रश्मि भुजेल कल्पना मल्लको पनि स्वर समावेश गरिएको छ ।
गीतको म्युजिक भिडीयोमा सुरज खनालको निर्देशनमा कोरियोग्राफर शिवाजी क्षेत्रीले गरेका छन् भने कृष्ण खत्री र रिना गुरुङले बेजोड अभिनय गरेक छन । भिडियोको छायांकन तथा सम्पादन सुशील डाँगीले गरेका हुन्।
हेर्नुहोस उक्त गितको पुरा भिडियो:


