दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक कुमा सागर सांगीतिक कार्यक्रमका लागि दुबईमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण ४ गते, आईतवार ६:४६

यूएईको दुबईस्थित अल नासर क्लबमा आइतबार हुने सांगीतिक कार्यक्रम ‘गोर्खा साँझ’का लागि गायक कुमा सागर दुबई पुगेका छन्। उनीसहित ख्वप ब्यान्डको टोली शनिबार दुबई पुगेको हो ।

दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा ख्वप ब्यान्डका साथै अन्य कलाकारहरूको पनि प्रस्तुती रहनेछ ।

कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजनमा हुन लागेको हो। ठकुरीले ‘गोर्खा साँझ’लाई नेपाली प्रवासी समुदायको भावना, पहिचान र एकताको उत्सवका रूपमा आयोजना गरिएको जानकारी दिए।

ख्वप ब्यान्डमा शरद देउला, सिद्धि सागर प्रजापति, रोशन बज्राचार्य, सुमन गैडा, प्रबिन लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रोज महर्जन र रामसुन्दर धुसुजस्ता कलाकारहरू सहभागी छन्।

यसैगरी नेपालबाटै ममता राणा र मोहन खड्काको पनि विशेष प्रस्तुति रहनेछ छ । यस्तै दुबईस्थित नेपाली कलाकारहरू सुमन गैडा, प्रदीप गुरुङ, समीर स्याङ्बो, युवराज थापा, सागर तामाङ, आशीष अवाले लगायतले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम सहसंयोजक अनिल गुरुङले जानकारी दिए । कार्यक्रममा करिब ४ हजार दर्शकको सहभागिता रहने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु