तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पशुपतिमा रुद्राक्षद्वारा निःशुल्क माला र पानी वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण ६ गते, मंगलवार ७:५२

काठमाडौं । हरेक वर्ष महाशिवरात्री र साउनको पहिलो सोमबार श्री महादेवको व्रत बस्ने श्रद्धालु भक्तजनहरूलाई श्री महादेवको प्रसाद स्वरूप पशुपतिमा दर्शन गर्न आउने भक्तजनहरुलाई संघद्वारा निःशुल्क रुद्राक्षमाला र पानी वितरण गरियो। हिन्दू धर्म अनुसार रुद्राक्षलाई पवित्र एक वैदिक अलौकिक शक्तिले भरिपूर्ण भएको धार्मिक पवित्र मालाको रुपमा लिइने गरिन्छ

नेपालमा हाल भोजपुर, संखुवासभा, धनकुटा लगायत ४० भन्दा बढी जिल्लाहरूमा रुद्राक्ष उत्पादन हुन्छ। हाल नेपालबाट ३ देखि ४ अर्ब रुपैयाँ बराबरको रुद्रक्ष विदेश निर्यात हुने गरेको जानकारी संघका अध्यक्ष मनोज कुमार चापागाईंले जानकारी गराए । हाल विदेश मात्र होइन नेपालमा पनि खादा र मालाको सट्टा पवित्र रुद्राक्ष प्रयोग गरिने गरिएको जानकारी काठमाडौँ जिल्लाका अध्यक्ष सुवोध श्रेष्ठले जानकारी गराए ।

रुद्राक्ष व्यवसायीहरुको बाक्लो उपस्थितिमा कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष मनोज कुमार चापागाईंले गरेका थिए । पशुपति मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई ११ हजार १ सय १ वटा वितरण गरिएको कुरा भोजपुर जिल्ला उपाध्यक्ष सुशन्त श्रेष्ठले जानकारी गराए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु