दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली जनसम्पर्क समिति उत्तर भारतद्वारा बी.पी. कोइराला स्मृति दिवसको अवसरमा वृक्षारोपण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण ७ गते, बुधबार ६:२३

दिल्ली, २२ जुलाई २०२५ – नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रको आयोजनामा महामानव एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री माननीय नारायण प्रसाद सावत ज्यु सहभागी हुनु भयो। विशेष अतिथि रूपमा पूर्व दूरसञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह ज्यु तथा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे ज्युको गरिमामय उपस्थिति रहेको थियो।
वृक्षारोपण कार्यक्रम : हरियालीप्रति योगदान
कार्यक्रम अन्तर्गत दिल्लीस्थित सञ्जय पार्क झिलमिल क्षेत्रमा वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको उद्देश्यले पीपल, स्वामी, नीम, बर लगायतका विभिन्न वृक्षहरूको वृक्षारोपण गरिएको थियो। सहभागीहरूले हरियाली संरक्षण र वातावरणीय सचेतनामा सक्रिय भूमिका निर्वाह गरेका थिए।
ent i
mage)
अन्तरक्रिया कार्यक्रम : बी.पी. कोइरालाको विचारमा संवाद
बी.पी. कोइरालाको जीवन, विचार र योगदानमाथि केन्द्रित अन्तरक्रिया कार्यक्रम लाजपत नगरमा सम्पन्न भयो। कार्यक्रममा लोकतन्त्र, समाजवाद, मानव अधिकार र प्रवासी भूमिकाबारे गहन छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता समिति उत्तर भारत क्षेत्रकी अध्यक्ष नन्दी कुमारी न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन दया राम रोकाले गर्नु भएको थियो।
कार्यक्रममा उपस्थित विशिष्ट प्रतिनिधिहरू
यस अवसरमा नेपाली जनसम्पर्क समिति भारत तथा उत्तर भारत क्षेत्रका विभिन्न तहका नेताहरू र पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीमध्ये केही प्रमुख प्रतिनिधिहरू यसप्रकार छन्:
• केन्द्रीय उपाध्यक्ष: कृष्ण पाण्डे कोषाध्यक्ष: जनक गिरी
• अनुशासन विभाग प्रमुख: टेकराज पोखरेलकेन्द्रीय सदस्य: सीता अधिकारी क्षेत्रीय उपाध्यक्ष: नरहरी घिमिरे
• क्षेत्रीय कोषाध्यक्ष: बाबुराम अधिकारी संगठन सचिव: झबिलाल अधिकारी सल्लाहकारहरू: सिबलाल, रजुनाथ पाण्डे, इन्दिरा पाण्डे विद्यार्थी प्रतिनिधि: पूजा पाण्डे, सह महामन्त्री – नेपाल विद्यार्थी संघ, विदेशी क्षेत्र
त्यसैगरी दर्जनौँ सक्रिय सदस्यहरूको पनि सहभागिता रह्यो।
प्रतिबद्धता र निष्कर्ष
यस कार्यक्रममार्फत नेपाली जनसम्पर्क समिति उत्तर भारतले महामानव बी.पी. कोइरालाको विचारलाई स्मरण गर्दै प्रवासी नेपालीहरूबीच लोकतान्त्रिक चेतना, सामाजिक दायित्व र वातावरणीय उत्तरदायित्वको भावना सुदृढ गर्ने प्रयास गरेको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समितिले दोहोर्‍याएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु