
साउन १०, काठमाडौं । सांगीतिक करियरको क्रममा दर्जनौं लोकप्रिय गीत–सङ्गीत नेपाली दर्शक तथा स्रोता सबैको मन मुटुमा बस्न सफल चर्चित गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ।
कटुवालको आफ्नै शब्द,संगीत तथा स्वरमा “ कटुवालको छोरो म त ” बोलको गीत शनिबार सार्वजनिक गरेका हुन्।
गीतको म्युजिक भिडीयोमा निर्देशन चर्चित कोरियोग्राफर शंकर बीसीले गरेका छन्। नविन घर्ती मगरले सम्पादन गरेको भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन्।
गीतको भिडियोमा राज कटुवाल,मञ्जिता कटुवाल(केसी),कबीरजंग कटुवाल,सन्दिपजंग कटुवाल,कवि कटुवाल,कैलाश कटुवालको अभिनय गरेको छ ।
हेर्नुहोस् भिडियोः


