तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रोटरी इन्टरनेशनलद्वारा २६ जुलाईमा देशव्यापी वृक्षारोपण अभियान गरेकोमा कपन क्लबले पनि गर्‍यो वृक्षारोपण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण १० गते, शनिबार १७:०१

काठमाडौं, साउन – १०, रोटरी इन्टरनेशनलले विश्वव्यापी वातावरण संरक्षण अभियानअन्तर्गत आज (२६ जुलाई) नेपालभरका रोटरी क्लबहरू मार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । सो अभियान अन्तर्गत विभिन्न स्थानमा रहेका क्लबहरूले आफ्ना स्थान अनुसारको क्षेत्रमा वृक्षारोपण गरी हरित वातावरण निर्माणमा योगदान दिएका छन् ।

यसै क्रममा रोटरी क्लब अफ कपनले काठमाडौंको स्वयम्भू क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा क्लबका अध्यक्ष प्रल्लाद दाहाल, पूर्व अध्यक्षहरू डा. राजु कोन्दन लामा र मनोज कुमार घिमिरे, सचिव दीपकचन्द्र गौतम, उपाध्यक्ष रामभक्त दाहाल, इलेक्ट–प्रेसिडेन्ट मन्जु श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर टिका प्रसाद घिमिरे लगायतको सक्रिय उपस्थिति रहेको थियो।

रोटरी इन्टरनेशनलका विभिन्न शाखा (क्लब) मार्फत क्लबहरू सक्रिय रहेर सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएका छन्।

रोटरी क्लबका पदाधिकारीहरूका अनुसार वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि यसलाई अभियानका रूपमा अघि बढाइने बताइएको छ। रोटरी क्लब अफ कपनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार रोटरीले यस्ता किसिमका धेरै सेवामूलक कार्यक्रम गर्ने गरेको कुरा बताउँदै आफ्नो क्लबले पनि सोही कुरामा साथ दिईरहने कुरा बताए । क्लबका सचीव दिपक चन्द्र गौतमका अनुसार यसपटक हामीले जे गर्‍यौं अर्को पटकलाई यो अझ बृहत्तर रुपले गरिने कुराको जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु