दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण ११ गते, आईतवार १६:१०

बैंकक, थाईल्याण्ड | जुलाई २०२५ – ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA थाईल्याण्ड पुरस्कार प्रदान गरिएको छ।

यो सम्मान संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद (ECOSOC) अन्तर्गत प्रदान गरिएको हो। UIPM संस्था Asia Pacific Quality Network (APQN), United Nations Global Compact, तथा Higher Education Sustainability Initiative (HESI) को गर्वित सदस्य समेत हो।

थाईल्याण्डको KIFF (Knowledge and Innovation for Future Foundation) को पहलमा आयोजना गरिएको यस कार्यक्रममा श्री यादवलाई संस्कृति तथा शिक्षा क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको मान्यता स्वरूप यो पुरस्कार प्रदान गरिएको हो।

श्री यादव एक शिक्षाविद्, उद्यमी, तथा नेपालमा खेलकुद प्रवर्द्धनमा सक्रिय व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ। उहाँको नेतृत्वमा हृत एकेडेमी शैक्षिक नवप्रवर्तन र उत्कृष्टताको केन्द्रको रूपमा स्थापित भएको छ भने, हिसान बागमतीमा उहाँको योगदानले संस्थागत समन्वय र विद्यार्थी क्रियाशीलता अझ सशक्त बनाएको छ।

उहाँलाई प्रदान गरिएको यो पुरस्कारले शैक्षिक विकाससँगै सांस्कृतिक पहिचानको संरक्षणप्रति उहाँको समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। यसले सम्पूर्ण नेपालका शिक्षक, शिक्षाविद् र शैक्षिक संस्थाहरुलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु