तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनआरएनए कम्बोडियामा पराजुलीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण ११ गते, आईतवार १७:२१

एनआरएनए कम्बोडियामा पराजुलीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति, उपाध्यक्षमा अधिकारी,कुवर,छेत्री र तामाङ, महासचिवमा केसी

काठमाडाैं, गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाको
अधिवेशननले २०२५-२०२७ का लागि शिवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति सर्ब सम्मत चयन गरेको छ । नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष लाल सिंह खड्काले पद हस्तान्तरण गरेका छन ।

कार्यसमितिको उपाध्यक्षमा प्रदीप अधिकारी,राजन कुवर, रामजी छेत्री,सोनु तामाङ, महिला उपाध्यक्षमा उमा बुढाथोकी, महासचिवमा दीपेन्द्र केसी, सचिवमा रुद्र तामाङ, प्रबक्तामा डा.मो .जमिरुल हक निर्विरोध चएन भएका छन ।

कार्यक्रममा एनआरएनए साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्याले कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गरे । पाध्याले ‘एशियाको यो क्षेत्रमा ‘डिजिटल अभिमुखिकरण र समाधान संयन्त्र’ श्रमिक सुरक्षाको अभियान,नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन जस्ता कार्यमा नेपाल र नेपालीका लागि एउटै माला र भावनामा बाँधिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा एनआरएनए कम्बोडियाका संस्थापक अध्यक्ष एबम सफल ब्याबसायी राजकुमार भुजेलले एनआरएनए कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै हाल एनआरएनएमा जुङ्गाको लडाई र आपसी द्वन्द बढेकोमा चिन्ता ब्यक्त गर्दै तेस्को अन्त्य हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा एनआरएनए आईसिसी सदस्य एबम कम्बोडियाका सफल ब्याबसायी ज्ञानु रानाले एनआरएनए कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै एनआरएनएले आफ्नो नाराअनुसार काम गर्नेपर्ने बताए ।

कार्यक्रममा निबर्तमान अध्यक्ष लालसिंह खड्काले यो एउटा अभियान भएकाले सबै सहकार्य गरेर हातमा हात मिलाएर अगाडी बढन आग्रह गरे । उनले आफू पदमा निबर्तमान भएपनी नेपालीको दुख सुखमा जतिबेला सङ्गै हुने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु