दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टुसाल मल्टि भेन्युमा अन्तरविद्यालय पौडी शनिबार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण १२ गते, सोमबार ८:००

टुसाल मल्टि भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न २९ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मल्टि भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी गराए ।
विगतका संस्करण सिनियर÷जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहमा खेल हुनेछ । नेपाल पौडी संघको प्रावििधक सहयोग तथा तार्केश्वर नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताका खेलहरु आयोजक मल्टि भेन्युको आफ्नै पौडी पोखरीमा हुनेछ । मल्टि भेन्यु हातामा २५ मिटर र १० मिटर लम्बाइको २ पौडी पोखरी रहेको छ ।
मल्टि भेन्युका प्रबन्ध निर्देशक लक्ष्मण केसीले विद्यालय स्तरबाटै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा सहभागी गराइ खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए ।
अपरेसन प्रबन्धक खड्काले विगतका संस्करणमा पाएको सकारत्मक अनुभवले प्रतियोगितालाई निरन्तरता दिन हौसला प्राप्त भएको बताए ।
तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिदै आएको बताउदै प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।
प्रतियोगितामा खेलाडीले हासिल गरेको पदकलाई निश्चित अंक प्रदान गरी शीर्ष तीन स्थानमा रहने टिमलाई पुरस्कृत गरिने छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई पनि पदकका आधारमा प्याकेज प्रदान गरिने छ ।
तार्केश्वर नगरपालिका वडा ८, मनमैजुस्थित मल्टि भेन्युमा पौडी पोखरीसहित साउना, स्टिम, जिम÷कार्डियो, ज्याकुजी, बैंक्युट, इभेन्ट हल, रेस्टुरेन्टलगायतका सुविधा छन् । पौडीको सिजनमा अकुवा जुम्बा पनि सञ्चालन गर्ने गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु