दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किर्गिस्तानमा घन्कियो मादल, बासुरी र सारङ्गी । नेपालीको प्रस्तुति उत्कृष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २० गते, मंगलवार १३:४३

🖊️सीतल आचार्य – काठमाडौं

‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको निमन्त्रणामा किर्गिस्तानको चोल्पोन अटे शहरमा किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको आयोजनामा आयोजित ‘RUH-SANAT’ विश्व परम्परागत संस्कृति र संगीत मेला मा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।

तीन दशक भन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट उत्कृष्ट साँस्कृतिक प्रस्तुति दिएको छ ।

किर्गिस्तानको चोल्पोन अटे शहरमा अगस्ट १ देखी ३ तारिख सम्म आयोजना भएको मेलामा नेपाल सहित ५० भन्दा बढी देशका कलाकार हरुको सहभागी रहेको मेलामा कलाकारहरुले सामुहिक र एकल सांगेतिक प्रस्तुति दिएका थिए।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख डा. आरसी कोइराला “रामचन्द्र” को नेतृत्वमा सहभागी हुन त्यतर्फ गएको टोलीमा डा. कोइरालाको साथै बरिस्ठ बाध्यबाधक धनेस्वर तिवारी, बरिस्ठ बासुरीबाधक राम भुजेल, बरिस्ठ गायिका तथा बाध्यबधक रिता कुमारी बुढाथोकी र बरिस्ठ सारङ्गीबाधक खुम के सी सहभागि भएको थिए ।
धनेस्वर तिवारीको बाध्ययन्त्र बजाउने कला होस वा राम भुजेलको बासुरी फुक्ने कला अथवा खुम केसीको सारङ्गी रेट्ने शैली मात्र हैन मेलाकै एक मात्र बाध्ययन्त्र बजाउने नेपालीकि रिता बुढाथोकीको मादल फिटाइ देखेर उपस्थित दर्शकले मात्र हैन कार्यक्रमका प्रमुखअतिथि संस्कृति मन्त्रीले उठेर सम्मान गरेका थिए।

सोही अवसरमा समुहका प्रमुख डा. आरसी कोइरालाले संस्कृति मन्त्री देखि उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु