दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो भोलि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २३ गते, शुक्रबार १६:४२

काठमाडौं, साउन २३ गते । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३ औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १६ डोजाङका २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । विभिन्न ३५ स्पर्धामा खेल हुनेछ ।
प्रतियोगितामा नयाँदेखि ब्ल्याकवेल्टसम्मका खेलाडीको सहभागिता रहने छ । अधिकांश निर्णायक पनि नयाँ राखिने छ । प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगितासंगै नयाँ खेलाडी र निर्णायकलाई तेक्वान्दो बारे व्यवहारिक रुपमा अझ विस्तृत जानकारी गराउनु रहेको प्रमुख श्रेष्ठले बताए ।
एकदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलाको यतिटोलस्थित आयोजक डोजाङको आफ्नै हलमा २ एरिनामा खेलाइने छ । खेल शनिबार बिहान ७ः०० बजेदेखि सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु