दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पत्रकार मोहन कार्कीको स्वदेश गानको सुटिङ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २४ गते, शनिबार ८:४०

काठमाडौ । जन आकाश मिडियाका सञ्चालक मोहन कार्कीले लेख्नु भएको हाम्रो देशमा अव्यवस्थित गाउँ शहर छ । मलाई सुन्दर नेपाल बनाउने रहर छ बोलको राष्ट्र भावको गीत यति मितिः २०८२ साल साउन २२ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा छायाङकन सम्पन्न भएको छ । दिनेश एसकेको डारेक्शनमा रामेश्वर जिरेलले छायाङकन गरी सुटिङ सम्पन्न भएको हो ।
उक्त स्वदेशगानमा राष्ट्रिय कलाकार सुवास गजुरेल, संगीतकार माधव भण्डारी,गायक रुपक डोटेल तथा चर्चित कलाकारहरु एकराज गराच, सञ्चिता शाही, सुनिता खड्का, अभिचन्द्र कार्की,संगीतकार विजेन्द्र नौबागे, रचनाकार मोहन कार्की, दिपक बराल, देवि प्रसाद चौलागाई, बिनोद कार्की, बिनोद नेपाली, बाल कलाकारहरुको पनि सहभागिता थियो, उक्त कलाकारहरुलाई मेकअप गरी सुन्दर बनाउने काम मेकप आर्टिष्ट राजिना बज्रचार्यले गर्नु भएको थियो ।
उक्त गीतको रचनाकार मोहन कार्कीले केही दिन अगाडी मात्र फेसबुकमा सार्वजनिक गर्नुभएको थियो । उक्त रचना मन परेर विजेन्द्र नोबागेले तुरुन्तै संगीत भर्नुभएको थियो । त्यसैगरी संगीत संयोजन माधव भण्डारीले उत्कृष्ट बनाउन भुमिका खेल्नु भएको थियो । राष्ट्रिय भावले ओतप्रोत गीतलाई रुपक डोटेल र उषा गजुरेलले निशुल्क गायर सहयोग गर्नुभएको थियो । कोरसमा एनिस एन्जल राई, लक्ष्मी स्याङतानले सहयोग गरेका थिए ।
उक्त म्युजिक भिडियोलाई जन आकाश मिडियाको १८ औ वार्षिकोत्सवको अवसरमा यहि २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीको बालकृष प्रेक्षालयमा उपसभामुख माननीय ईन्दिरा राणा मगरको प्रमुख अतिथिमा लोकार्पण हुदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु