दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र २ गते, सोमबार ६:१५

काठमाडौं, भदौ १– पाँच फरक खेल विधाका खेलाडी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन परेका छन् ।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय विधा पिपल्स च्वाइसमा फुटबलकी रेखा पौडेल, उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र भलिबलका हिमाल सुनारी परेका हुन् । २०६० सालदेखि हुँदै अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते पोखरामा हुँदै छ । पहिलोपल्ट उपत्यका बाहिर हुन लागेको अवार्डको पिपल्स च्वाइस विधा सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन पिपल्स च्वाइसमा परेका पाँच जना खेलाडीको मनोनयन सार्वजनिक ग¥यो । क्रिकेटकी पूजा, टेबल टेनिसकी इभाना र भलिबलका हिमाल भने उक्त कार्यक्रममा उपस्थित हुन सकेनन् ।

पूजा भारतमा क्रिकेट प्रशिक्षण गरिरहेकी छिन् भने इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन् । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले नेपाली खेलकुदका चर्चित पाँच खेलाडीलाई यस विधामा छनोट गरेको हो । पछिल्ला समय नेपाली खेलकुदमा सफलतासँगै चर्चामा रहेका खेलाडीलाई यस विधामा समावेश गर्ने गरिन्छ । उसुका विजयले जापानमा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जितेका थिए । इभाना भने दक्षिण एसियाली टेबलटेनिसमा चार पदक विजेता हुन् ।

पूजाले आफ्नो कप्तानीमा आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपाललाई च्याम्पियन बनाउँदै यु–१९ विश्वकपको यात्रा तय गराएकी थिइन् । फुटबलकी रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी र साफ महिला च्याम्पियनसिप २०२४ को सर्वाधिक गोलकर्ता हुन् । नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ हिमाल सबैभन्दा लोकप्रिय खेलाडीका रूपमा चिनिन्छन् । अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ । सो अवसरमा रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुसी लागेको र आफ्नो सपना पूरा भएको बताइन् ।

विजयले उसु खेल अन्य खेलजस्तै लोकप्रिय नभए पनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । उनले यो अवार्ड आयोजना हुँदा धेरै वर्ष मञ्चमा पर्फमेन्स गरेको उल्लेख गर्दै यसपल्ट फरक भूमिकाबाट अवार्डमा जोडिन पाउँदा धेरै खुसी लागेको बताए । पिपल्स च्वाइसको विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका प्रमुख प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमइ खल्तीमा प्राप्त मतका आधारमा हुनेछ । ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ ।

सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेज गर्नुपर्नेछ), राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ । यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु