दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इन्फिनिक्स, होरा ईस्पोर्ट्सको आधिकारिक ईस्पोर्ट्स स्मार्टफोन पार्टनर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ३ गते, मंगलवार ४:२८

काठमाडौं, नेपाल – नेपालमा तीव्र गतिमा लोकप्रिय भईरहेको स्मार्टफोन ब्रान्ड इन्फिनिक्स ले नेपालकै चर्चित ईस्पोर्ट्स टोली Horaa Esports सँग ऐतिहासिक साझेदारी गरेको छ। यस सम्झौतापछि, इन्फिनिक्स आधिकारिक रूपमा Horaa Esports को Official Esports Smartphone Partner बनेको छ।
सञ्जन गौतम “CR7 Horaa” को नेतृत्वमा रहेको टोली अबदेखि Infinix Horaa Esports का नाममा परिचित हुनेछ। टोलीको जर्सी, कन्टेन्ट र लाइभ टुर्नामेन्टहरूमा इन्फिनिक्सको लोगो हुनेछ भने, CR7 Horaa स्वयं नेपालमा इन्फिनिक्सको Gaming Face का रूपमा रहनेछन्। जसले YouTube, TikTok, Instagram र Facebook मार्फत ब्रान्डको उपस्थिति थप मजबुत बनाउनेछन्।
यस साझेदारीपछि फ्यानहरूले पाउने अवसरहरू:
• ईस्पोर्ट्स क्याम्पेन – इन्फिनिक्स र CR7 Horaa मिलेर नेपालकै पहिलो ईस्पोर्ट्स–फोकस विज्ञापन फिल्म।
• विशेष कन्टेन्ट – हरेक महिना ब्रान्डेड भिडियो, रिल्स र गेमिङ हाइलाइटहरू।
• फ्यान इन्गेजमेन्ट – कलेज स्तरका ईस्पोर्ट्स प्रतियोगिता, Horaa Café (नयाँ नाम “Infinix Esports Zone”) मा फ्यान मिटअप, र इन्टरएक्टिभ कार्यक्रम उपहारसहित।
• समर्थन – खेलाडीहरूलाई Infinix GT 30 Pro स्मार्टफोन, जर्सी र फ्यान इभेन्टमा आवश्यक सहयोग।
सञ्जन गौतम (CR7 Horaa) ले भने:
“यो केवल जर्सीमा लोगो राख्ने कुरा होइन, यो नेपालमा ईस्पोर्ट्स संस्कृति बनाउन र खेलाडीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने बाटो देखाउने प्रयास हो। इन्फिनिक्स हाम्रो यात्राको हिस्सा बनेको छ।”
पियुष गिरी, NSM इन्फिनिक्स, भन्छन्:
“हामी सधैं नयाँ पुस्ताको साथमा रहनेमा विश्वास गर्छौं। होरा ईस्पोर्ट्ससँगको यो साझेदारीमार्फत हामी नेपालकै ईस्पोर्ट्स भविष्यमा लगानी गरिरहेका छौं।”
यो सहकार्यले इन्फिनिक्सलाई गेमरहरूबीच अझै भरपर्दो ब्रान्ड बनाउनेछ भने, Horaa Esports लाई नेपालको ईस्पोर्ट्स क्षेत्रमा नयाँ उचाइमा पुर्याउनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु