दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ३ गते, मंगलवार ४:४०

काठमाडौं, भदौ २ गते ।
हिमालयन इन्टरनेसनल एकेडेमी नेपालले विभिन्न प्रतियोगितामा पदक जित्न सफल एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई सम्मान गरेको छ । एसकेबीसी तेक्वान्डो डोजाङका खेलाडीको जुनियर ग्रेडिङ कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो ।
सुभासचन्द्र बोहरा, तुषारसिंह ठकुरी, दक्षता रावल, एलेक्सा पाण्डे, आभास देव, दिप्सन थापा र दिपन थापा सम्मानित भए ।
चौथो बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्डो प्रतियोगितामा सुभासले स्वर्ण तथा तुषारले कांस्य जितेका थिए । दक्षताले मदन भण्डारी राष्ट्रिय तेक्वान्डो प्रतियोगिता तथा दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रण तेक्वान्डो प्रतियोगितामा कांस्य हात पारेकी थिइन् ।
दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रण तेक्वान्डो प्रतियोगितामा एलेक्साले स्वर्ण, आभासले कांस्य र दिप्सनले कांस्य जितेका थिए । दिपनले काठमाडौं जिल्लास्तरीय बृहत खेलकुद प्रतियोगितामा कांस्य प्राप्त गरेका थिए ।
उनीहरुलाई टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदान गुरुङ र एसकेबीसीका डोजाङ प्रमुख रन्जितबहादुर डंगौराले एक कार्यक्रमबीच सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु