तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पारा खेलकुदलाई प्राथमितामा दिएका छौं– सदस्य–सचिव घिसिङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ४ गते, बुधबार १९:१८

काठमाडौं, भदौ ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष ध्यान दिएको बुधबार बताएका छन् ।
अमेरिकाबाट “स्पोट्र्स डिप्लोमेसी–स्पोट्र्स फर सोसल चेन्ज” कार्यक्रमअन्तर्गत त्रिपुरेश्वरस्थित राखेपमा आएका १२ जना प्रतिनिधि मण्डलसंगको भेटमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
त्यसअघि टोलीलाई सदस्य–सचिव घिसिङ, राष्ट्रिय टिम तयारी निर्देशक ओलम्पियन दीपक बिष्ट, राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ, सचिवालय प्रमुख फणिन्द्र पौड्यालले टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा नेपालमा एडप्टिभ स्पोट्स प्रवद्र्धन र खेल आदान–प्रदानका सम्भावना बारे अन्तरक्रिया भएको थियो ।
कार्यक्रमका स्थानीय साझेदार तथा बि.आई.ए. इन्स्टिच्युटका कार्यकारी निर्देशक गोकर्ण ढुङ्गानाले आदान–प्रदान कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु