दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एभीएम र स्ट्याग संयुक्त अगाडि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ४ गते, बुधबार १९:२२

एभीएम टेबलटेनिस क्लब र आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को चौथो दिन बुधबार संयुक्त शीर्ष स्थानमा छन् । छैटौं चरणको समाप्तिमा एभीएम र स्ट्यागले समान ५७–५७ अंक जोडेका छन् । अघिल्लो दिन स्ट्यागले ३८ अंक जोड्दै एकल अग्रता कायम गरेको थियो ।
टप स्पिन टेबलटेनिस गुड्स नेपालले ५२, होप्स टेबलटेनिस एकेडेमीले ४५ तथा यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले समान ४३–४३ अंक बटुले ।
त्यस्तै, कीर्तिपुर नगरपालिकाले ४२, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ४०, द ड्रागन्स टेबटेनिस क्लबले ३६ र ओल्ड हाउस रेस्ट्रोले ३५ अंक जोडेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । त्यसको टुंगो बिहीबार लाग्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु