दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने एनएमए अध्यक्षका उम्मेदवार कुल गुरुङको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ६ गते, शुक्रबार ७:०८

काठमाडौँ ६ भदौ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्षका उम्मेदवार कुलबहादुर गुरुङले ‘स्वच्छ हिमाल अभियान’ सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।

सङ्घको भदौ ७ गते हुन लागेको निर्वाचनमा अध्यक्षका उम्मेदवारसमेत रहनुभएका गुरुङले आज साँझ आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै हिमालको आधारशिविरदेखि आरोहण मार्गसम्म दिर्घकालिन फोहोर व्यवस्थापन आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभयो ।

यस्तै, हाल विद्यमान आरोहण फोहोर धरौटी रकम फिर्ता गर्ने प्रणाली र फोहोर व्यवस्थापन सम्बन्धी वास्तविक, व्यवहारिक, प्रभावकारी र दिगो व्यवस्थापन कार्यमा जोड दिइने बताउनुभयो ।

ग्रीन गाइडलाइन कडाइका साथ पालना गर्न उचित पहल गरीने, जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिने र जलवायु कूटनीतिमा नेपालको नेतृत्वकारी भूमिका सुनिश्चित गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहल गरीने उहाँले बताउनुभयो ।

गुरुङले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिइने, अफ–सिजन र कम परिचित शिखरहरूको प्रवद्र्धन गरेर पर्यटन लाभको समान वितरण सुनिश्चित लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिनेछ, गाईड, शेर्पा र उच्च हिमाली श्रमिकका लागि तालिम, बीमा, स्वास्थ्य, कानूनी सहयोग र सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रस्ताव तयार गरी कार्यान्वयन गर्न लाग्ने उल्लेख गर्नुभयो ।

यसैगरी, हिमाल आरोहणका क्रममा दिवंगत श्रमिकका परिवारका लागि विशेष पेन्सन, अक्षयकोष, छात्रवृत्ति, व्यावसायिक तालिम र आयस्रोतमुखी सीप विकासको कार्यक्रम लागू गर्न पहल गरिने बताउनुभयो ।

पर्वतारोहण तालिम प्रतिष्ठान र अनुसन्धान केन्द्र स्थापना गरिने, मनाङ पर्वतारोहण तालिम विद्यालय, अन्नपूर्ण उद्धार केन्द्र र ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गरिने बताइएको छ ।

यस्तै, अन्य हिमाली क्षेत्रमा नयाँ तालिम तथा उद्धार केन्द्र स्थापना गर्न पहल गरिने, महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति र विशेष सीप विकास कार्यक्रम सञ्चालन गरिने, प्रदेश र स्थानीय सरकार तथा स्थानीय सरोकारवालासँग सहकार्य गरेर पूर्वाधार विकास र तालिम कार्यक्रम सञ्चालन गरिने गुरुङले बताउनुभयो ।

उहाँले नेपालका हिमाललाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्दै प्रचार–प्रसार गर्ने र वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने बताउनुभयो ।

गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा विमलकुमार नहर्कीले उम्मेदवारी दिनुभएको छ । यसैगरी, सचिवमा डिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिनुभएको हो ।

सदस्यमा पुस्कर शाह, बलबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङले उम्मेदवारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु