
काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा युवा व्यवसायी ध्रुव तिवारी सम्मानित भएका छन् ।
काठमाडौमा शुक्रबार युगान्तर मिडियाको ७ औँ वार्षिक उत्सवमा आयोजना गरिएको बिशेष कार्यक्रम माझ प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय बलराम अधिकारीले तिवारीलाई सम्मान गर्नु भएको हो।

विभिन्न सामाजिक संघसंस्थामा आबद्ध तिवारीले सम्मानप्रति आभार व्यक्त आगामी दिनमा रचनात्मक काम गर्न थप हौसला मिलेको बताए ।


