
काठमाडौं ।एनसी एग्रोटेक इण्डस्ट्रिज लिमिटेडका संस्थापक निर्देशक तथा बरिस्ठ समाजसेवी दिपक प्रसाद न्यौपाने सम्मानित भएका छन् ।
काठमाडौमा शुक्रबार युगान्तर मिडियाको ७ औँ वार्षिक उत्सवमा आयोजना गरिएको बिशेष कार्यक्रम माझ प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय बलराम अधिकारीले न्यौपानेलाई सम्मान गर्नु भएको हो।
व्यवसायीक कृषिमा उत्कृष्ट योगदान दिएका सम्मानित न्यौपानेले एनसी एग्रोटेक इण्डस्ट्रिज मार्फत सयौं जनाले प्रत्यक्ष,अप्रत्यक्ष ५ सय जनाभन्दा बढि बेरोजगारलाई रोजगार दिन सफल भएका छन्।


