दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ८ गते, आईतवार ८:५२

काठमाडौं, ८ भदौ । पर्यटन आरोही व्यवसायीहरुको संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी भएका छन् ।

फुर गेल्जे शेर्पा ३४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए ।

प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा विजयी भए । उनले ३५९ मत पाए । अर्का प्रतिस्पर्धी काजी शेर्पाले २५६ मत पाए ।

द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी धनबहादुर गुरुङले २३८ मत पाए ।

महासचिव पदमा राजेन्द्रबहादुर लामा विजयी भए । उनले ३१८ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विमल नहर्कीले २०९ मत पाए । यसैगरी शिव सापकोटाको पक्षमा ६८ मत पर्‍यो ।

सचिव पदमा चन्दन थापा ३५८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी ङिमा दिकी शेर्पाले २४४ मत पाइन् ।

कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबर ३०४ मत पाए । उनीहरुबीच आधा आधा कार्यकाल चलाउने सहमति भएको छ ।

सदस्यहरुमा माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) मत पाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु