दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साइप्रसममा तीज विशेष कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र १० गते, मंगलवार ५:५४

मनिशा अर्याल ,साइप्रस

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा साइप्रस स्थित लार्नाकामा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेपाली समाज डिबिआर को आयोजनामा नेपालीहरुको वस्ती रहेको राज्य लार्नाकामा नेपाली महिलाहरुको महान चाड हरितालिका तिज भव्यताको साथ मनाएको छ । महिला अधिकार ,महिला सशक्तिकरण तथा अन्य सामाजिक सेवामा अहम भूमिका निर्वाह गर्दै आएको डिबिआर ले पहिलो पटक तीज मनाएको हो । गत अगस्ट २४ तारिखमा भएको तिज कार्यक्रममा साइप्रस क्षेत्र वरपरका महिला दिदि बहिनिको उत्साहजनक सहभागिता रहेको थियो ।

सो अवसरमा भेला भएका दिदीबहिनीहरुले सामूहिक दर खानुका साथ साथै एक आपसमा तीजको शुभकामना आदानप्रदान गरेका थिए ।

नेपाली राष्ट्रिय गानसँगै शुरु भएको कार्यक्रममा स्थानिय कलाकारद्वय गायक गायिका हरुले आ–आफ्नो सांगितीक प्रस्तुती मार्फत् सहभागीहरुलाई नचाएका थिए ।

तीजका गितमा निकै रमाएर नाचगानमा सहभागी भएका थिए l तीजमा सुरु देखि अन्त्य सम्मका कार्यक्रममा भिडियो र छाया चित्र मिडिया chefno tv को पत्रकार आत्मा ध्वोज ले जिम्मेबार बहन गरेका थिए l कार्यक्रम संचालन मनिसा अधिकारीले गरेकी थिइन् ।Dj.Maicha(Laxmi Shrestha) र Dj. Maic ले टेक्निकल भुमिका निर्वाह गरेको थियो।
डिबिआर नेपाली समाज साइप्रसकी अध्यक्ष दुर्गा सुबेदीको सभापतित्वमा संन्चालन भएको कार्यक्रममा मनिसा अर्याल र एनआरएनए साइप्रसको अध्यक्ष दत्तनन्द पान्डेले मन्तव्य राखेको थियो।
महिलाहरु रातो सारी ,चुरा ,पोते ,तिलहरीको साथमा तिज मनाउन आएका थिए भने तीजमा टिपिकल नेपाली खानेकुरा राखी दर खुवाईएको थियो l
कार्यक्रम संयोजक व्यवस्थापनमा डिबिआर नेपाली समाजको सिङ्गो टिम नै एकजुट भएर कार्यक्रम लाई सफल पार्न खटनु भएको थियो , भने स्वयंसेवक साथीहरुले पनि आ आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो।।

कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक राजमान घलानले कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गराउन उपस्थित हुनुभएको सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई धन्यवाद दिनुभएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु