
काठमाडौ ।आमाछोदिङ्मो गाउँपालिकाका योजना शाखा प्रमुख छेवाङ दोर्जे तामाङ युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।
नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले तामाङलाई सार्वजनिक सेवा सम्मानबाट सम्मानित गरेको हो ।
अवार्ड प्रति आभार व्यक्त गर्दै तामाङले जनताको सेवामा रहेको र अझै निरन्तर जनताको काम गर्न थप हौसला मिलेको बताउनुभयो।


