
बैंकक – थाइल्याण्डकी सफल महिला उधमी एवम् सामाजिक व्यक्तित्व थाई नेपाली संघकी पूर्व अध्यक्ष वासाना राई युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ व्यवसायिक नेतृत्व बाट सम्मानित भएकी छिन ।
नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले समाजसेवी राईलाई सामाजिक सेवा योगदान सम्मानित गरेको हो ।
सम्मानित राई आफूलाई नेपाली भन्न पाउँदा गर्व गर्दै पितृको देश नेपाल नेपाली भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय छन।


